नेकपा (एमाले) प्रवास संगठन, प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी इजरायलको तेस्रो ऐतिहासिक राष्ट्रिय अधिवेशन यही २०८२ साल साउन ९ गते, शुक्रवार (२०२५ जुलाई २५) का दिन तेलअभिवस्थित Eve Hall, Yad Harutsim Street 15 मा साँझ ७:३० बजे हुने भएको छ।
उक्त कार्यक्रम पार्टी उपमहासचिव तथा पूर्व परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीको प्रमुख आतिथ्य, र प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको विशिष्ट आतिथ्यमा भव्य रूपमा सम्पन्न हुने मञ्चले जानकारी दिएको छ।
राष्ट्रिय कमिटीका सचिव रमेश जोशीका अनुसार, यो अधिवेशन प्रवासमा रहेका नेपालीहरूको संगठित शक्ति, समानताको भावना र राष्ट्रिय स्वाभिमान अभिवृद्धिमा ऐतिहासिक कोसेढुंगा सावित हुनेछ। कार्यक्रमको सफलताका लागि इजरायलमा रहेका सम्पूर्ण नेपाली राजनीतिक, सामाजिक, साहित्यिक, धार्मिक, जातीय, क्षेत्रीय संघ–संस्था, पत्रकार, बुद्धिजीवी, समाजसेवी, शुभेच्छुक, शुभचिन्तक लगायत सबै इजरायलवासी नेपालीहरूलाई सहभागिताको लागि हार्दिक निमन्त्रणा गरिएको छ।
कार्यक्रममा प्रवासी नेपालीहरूको हकहित, संगठनात्मक विस्तार र भावी रणनीतिका विषयमा छलफल गरिनेछ। मञ्चले यो अधिवेशनलाई विचार, सल्लाह र सहकार्यको साझा थलोका रूपमा लिने अपेक्षा गरेको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com