काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी घाइते भएका दुई नेपाली अस्पतालबाट आज डिस्चार्ज भएका छन् ।
बाँच्न सफल परराष्ट्र मन्त्रालयमा प्रवक्ता सेवा लम्सालले गरेको पत्रकार सम्मेलनमा उनले अहिले भर्खर दुई नेपाली डिस्चार्ज भएको जानकारी गराइन् । इजरायलमा रहेका नेपालीमध्ये २८८ जना स्वेश फर्किन इच्छुक रहेका छन् ।
प्रवक्ता लम्सालले जानकारी दिँदै भनिन्, “२८८ जना नेपाली इजरायलबाट फर्किन इच्छुक हुनुहुन्छ । २५० जना बोक्ने जहाज आज जाँदैछ ।”
२८८ जना नेपाली इजरायलबाट फर्किन इच्छुक, २५० जना बोक्ने जहाज आज जाँदै
यसैबीच सरकारले इजरायलमा सम्पर्कविहीन भएका विपीन जोशीको खोजी कार्यमा इजरायल सरकारले प्राथमिकताका साथ गरिरहेको जानकारी गराएको छ । त्यसैगरी घटनामा मृत्यु भएका १० जना विद्यार्थीको शव नेपाल छिटो ल्याउन पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
“अज्ञात अवस्थामा रहनुभएका विपिन जोशीको हकमा निरन्तररुपमा उच्च प्राथमिकताका साथ खोजी गर्ने काम जारी छ,” उनले भनिन्, “मृतकको शव यथाशक्य छिटो ल्याउन प्रयास भइरहेको छ ।”
आज जाने जहाजले शव भने नल्याउने र परिवारले सोहीअनुसार बुझिदिन आग्रह गरिन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com