थाइल्याण्डका उपप्रधानमन्त्री पार्णप्री बाहिद्या नुकारा रिहा गरिएका बन्धकहरूलाई फिर्ता ल्याउन इजरायल पुगेका छन् ।
उनी युद्धविराम सुरु भएदेखि मुक्त भएका १७ थाई बन्दीलाई स्वदेश फर्काउन इजरायल पुगेका हुन् । इजरायलमा रहँदा उनले अक्टोबर ७ मा हमासको आक्रमणमा घाइते भएका तीन जना थाई नागरिकलाई भेट्ने छन् । उपप्रधानमन्त्रीले इजरायलमा कार्यरत अन्य थाई कामदारसँग पनि भेट गर्नेछन् ।
उनी १७ जना बन्धकहरूसहित बिहीबार स्वदेश फर्किने जनाइएको छ । थाई अधिकारीहरूले पहिले उपलब्ध गराएको संख्या अनुसार १५ थाई नागरिक अझै पनि हमासको नियन्त्रणमा छन्।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
- नेपाल इजरायल
- नेपाल इजरायल
- नेपाल इजरायल

























