इजरायलले विमानभित्र सहपाइलटको आक्रमणमा परेर पनि १७४ यात्रु तथा चालक दलका सदस्यको ज्यान जोगाउन सफल भारतीय पाइलट स्मित मच्छारलाई सर्वोच्च नागरिक सम्मान प्रदान गर्ने भएको छ।** इजरायली राष्ट्रपति इसाक हर्जोगले मच्छार पूर्ण रूपमा निको भएपछि उहाँलाई ‘प्रेसिडेन्सियल अवार्ड फर सिभिलियन हिरोइज्म’ प्रदान गरिने घोषणा गर्नुभएको हो।
ककपिटभित्रै भएको थियो सहपाइलटको आक्रमण
गत सेप्टेम्बर ३० मा संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईको विमानमा यो घटना भएको थियो। विमानमा इजरायली यात्रुहरू पनि सवार थिए।
उडानका क्रममा सहपाइलटले क्याप्टेन स्मित मच्छारमाथि धारिलो हतियारबाट आक्रमण गरेका थिए। ककपिटभित्रै भएको यस आक्रमणमा पाइलट घाइते भए पनि उहाँले कठिन परिस्थितिमा धैर्य र साहस देखाउनुभयो।
घटनापछि घाइते पाइलटले ककपिटको ढोका खोलेका थिए। त्यसपछि यात्रु तथा चालक दलका अन्य सदस्यले आक्रमण गर्ने सहपाइलटलाई नियन्त्रणमा लिएका थिए।
३४ हजार फिटको उचाइमा उडिरहेको विमानमा आपत्कालीन अवस्था
आक्रमणका बेला विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेको थियो। ककपिटभित्र भएको झडपपछि विमान तीव्र गतिमा तल झरेको थियो। सार्वजनिक विवरणअनुसार दुई मिनेटमै विमानको उचाइ घटेर १६ हजार ६०० फिटमा पुगेको थियो।
त्यसपछि विमानले साउदी अरबको आकाशमा दिशा परिवर्तन गर्यो र करिब सात मिनेटसम्म आपत्कालीन संकेत जारी गर्यो। अन्ततः विमानलाई साउदी अरबतर्फ मोडेर सुरक्षित अवतरण गराइएको थियो।
यस घटनामा पाइलटको साहस, यात्रुहरूको सहयोग र चालक दलको सक्रियताले ठूलो मानवीय क्षति हुनबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ।
मोदी र नेतान्याहुद्वारा पाइलटको प्रशंसा
घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पाइलट स्मित मच्छारको बहादुरीको प्रशंसा गर्नुभएको थियो।
इजरायलले उहाँको साहस र मानवीय योगदानको सम्मानस्वरूप ‘प्रेसिडेन्सियल अवार्ड फर सिभिलियन हिरोइज्म’ प्रदान गर्ने निर्णय गरेको हो। उहाँ पूर्ण रूपमा स्वस्थ भएपछि सम्मान प्रदान गरिने जनाइएको छ।
ककपिटभित्रै गम्भीर आक्रमणमा परे पनि १७४ जनाको जीवन जोगाउन योगदान पुर्याएका मच्छारको साहसलाई यस सम्मानले उच्च कदर गर्नेछ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com




























