नेपाल इजरायल डट कम — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गाजामा लागू भएको शान्ति समझौतामा हमासले दिएको प्रतिबद्धता पूरा नगरे इजरायलले पुनः सैन्य कारबाही सुरु गर्न सक्ने स्पष्ट चेतावनी दिएका छन्।
ट्रम्पले हमासले आफूले ‘छोड्ने’ भनी भनेको हतियार अविलम्ब त्याग्नुपर्ने र त्यसो नगरे इजरायली पक्षले तिनीहरूलाई जबरजस्ती हतियारमुक्त बनाउने चेतावनी दोहोर्याएका छन्। उनले “यदि तिनीहरूले मान्ने छैनन् भने हामीले उनीहरूलाई हतियारमुक्त बनाइदिनेछौं” भनेर बताएका छन्।
यसैबीच, हमास र इजरायलबीच शान्ति समझौताको सन्दर्भमा बन्दी तथा मृतक अवशेषको आदानप्रदानाहुँदै गर्दा राहाफ नाकामा तनाव देखिँदा त्यो नाका अस्थायी रूपमा बन्द गरिएको खबर आएको छ। राहत सामग्री र मानवीय पहुँचबारे तथा अन्तर्वार्ता प्रक्रिया प्रभावित भएको छ।
इजरायलसंग युद्ध विराम हुदै गर्दा हमासले गाजाका प्रतिद्वन्दीहरु सिध्याउन शुरु
हमासले इजरायलीसंग मिलेको आरोपमा आफ्ना प्रतिद्वन्दीहरु आठ जनाको आँखामा पट्टी बाँधी, भीडभाड भएको गाजासिटीको सडकमा घुँडामा टेकाएर गोली हानेर हत्या गरेको छ। त्यस्तै, इजरायलसँग सहकार्य गरेको दाबी गरिने “अस्ताल मिलिशिया” नामक समूहका सदस्यहरूलाई सफाया अभियान चलाएका छन ।
त्योभन्दा अघि, “मुजाइदा” नामक परिवारसमेत हमासको निशानामा पर्यो। गोलीकाण्डपछि परिवारका बाँकी सदस्यहरूले अन्ततः आत्मसमर्पण गरे ।
हमासले इजरायलसँगको युद्धविराम गरेको भए पनि, उसले अहिले गाजाभित्रका ती स्थानीय परिवार र सशस्त्र समूहहरूलाई दबाउन हिंसात्मक अभियान सुरु गरेको छ । केन्द्रीय गाजास्थित दिर अल–बाला क्षेत्रमा सशस्त्र छापा मारेर वा गाजासिटीमा सार्वजनिक रूपमा फाँसी दिएर, हमासले अब यो सन्देश पठाइरहेको छ — “हामी फेरि फर्केका छौं, गाजामा वास्तविक सत्ता हाम्रो नै हो।”
शान्ति योजना अन्तर्गत, फर्काइएका इजरायली मृतकको प्रत्येक शवको साटो इजरायले १५ जना प्यालेस्टिनी मृतकको अवशेष फिर्ता गर्ने व्यवस्था तय गरिएको छ — यो पनि सम्झौताको एक महत्त्वपूर्ण शर्त हो।
अन्तर्राष्ट्रिय मध्यस्थताले शान्ति सम्झौताका लागि काम गरिरहँदा पनि व्यवहारिक क्रियान्वयन र निरीक्षण कमजोर भए— दुबै पक्षबीच विश्वासको कमी रहेकाले तनाव फेरि बढ्न सक्ने खतरा बाँकि रहेको विश्लेषकहरूको निष्कर्ष छ।
(स्रोत: एजेन्सी/रिपोर्टहरू )
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com