तेल अविभ – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् इजरायलले तिहारको अवसर पारेर “तिहार साँगीतिक साँझ २०८२” आयोजना गर्ने भएको छ।
इजरायलमा रहेका नेपाली समुदायका लागि यस वर्षको तिहारमा गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, इजरायलले ‘तिहार सांगीतिक साँझ २०८२’ आयोजना गर्दै नेपाली कलाकारहरूको धमाकेदार प्रस्तुति सहित नेपाली समुदायलाई एकै ठाउँमा जोड्ने तयारी गरेको छ ।
यस कार्यक्रमका प्रमुख आकर्षण हुन् — चर्चित राष्ट्रिय कलाकार शिव परियार, हिमाल राना, र सुमित रसाइली। उनीहरूले आफ्ना लोकप्रिय गीत र नयाँ प्रस्तुतीमार्फत इजरायलमा रहेका नेपालीहरूलाई सांगीतिक प्रस्तुतिमार्फत मनोरंजन दिनेछन ।
🎶 कार्यक्रमका विवरणहरू:
-
मिति: १७ अक्टोबर २०२५
-
समय: बेलुकी ७:०० बजेबाट
-
स्थान: Zoa House Israel, Daniel Frisch St 1
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् इजरायलले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस सांगीतिक साँझमा उपस्थित भई नेपालीपन, एकता र सांगीतिक आनन्द सँगै तिहारको खुसी बाँड्न हार्दिक निमन्त्रणा गरेको छ।
संघले जारी गरेको निमन्त्रणामा भनिएको छ, “मातृभूमि नेपालमा भदौ २३ र २४ गते भएको दुखद घटनाले हामी सबैलाई गहिरो पीडा र चिन्ता दिएको छ। शान्त, सुखी र समृद्ध नेपाल देख्न र भोग्न पाइयोस् भन्ने कामना गर्दै, चाडपर्वको समयमा नेपाली दाजुभाइ दिदीबहिनीको मनमा केही क्षणको खुसी र सान्त्वना प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।”
कार्यक्रमको विवरण यस प्रकार छः
-
मिति : १७ अक्टोबर २०२५
-
समय : बेलुकी ७:०० बजेदेखि
-
स्थान : जोआ हाउस, तेल अविभ
सांगीतिक साँझको उद्देश्य, परदेशमा बसोबास गरिरहेका नेपालीहरूबीच आत्मीयता र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने रहेको छ । कार्यक्रममा स्थानीय कलाकारका साथमा अन्य मनोरंजनात्मक सांस्कृतिक प्रस्तुतिहरु पनि हुनेछन ।
संघले इजरायलमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा उपस्थित भई तिहारको उल्लास साट्न हार्दिक आग्रह गरेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com