तेलअविव, इजरायल । नेपाली महिलाहरूको एकता, संस्कृति र उमंगको पर्व “हरितालिका तिज” को अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) इजरायल द्वारा विशेष “तिज दरखाने कार्यक्रम” आयोजना गरिने भएको छ।
बिगत वर्षहरूदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको यस विशेष सांस्कृतिक कार्यक्रम २०८२ सालको तिजलाई विशेष र ऐतिहासिक बनाउने लक्ष्यसहित यस वर्ष २५ अगष्ट २०२५, सोमबार को दिन आयोजना गरिने भएको हो।
कार्यक्रममा इजरायलबासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई सांस्कृतिक मेलामा रमाउन र एकआपसमा हार्दिकता साटासाट गर्न आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।
🔸 कार्यक्रम विवरणः
📅 मिति : २५ अगष्ट २०२५, सोमबार
🕕 समय : साँझ ६ बजे देखि राति ११ बजेसम्म
📍 स्थान : फूटसल ग्राउन्ड, लेभेन्स्की, तेलअविव
कार्यक्रममा नेपाली सांगीतिक प्रस्तुति, नृत्य, दरखाने परिकार, तथा तिजको सांस्कृतिक महत्त्व झल्काउने विविध कार्यक्रमहरू प्रस्तुत गरिने जानकारी एन आर एन ए इजरायलका महासचिव चित्र बहादुर कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com