काठमाडौं – अमेरिकामा अध्ययनरत सयौं विदेशी विद्यार्थीहरूले अचानक आफ्नो एफ–१ भिसा अर्थात् विद्यार्थी भिसा रद्द भएको इमेल प्राप्त गरेका छन् । यो मेल अमेरिकी विदेश विभाग (डीओएस) ले मार्चको अन्तिम साता पठाएको हो ।
यो इमेल ती विद्यार्थीहरूलाई पठाइएको हो जो क्याम्पसमा भइरहेको प्रदर्शनमा संलग्न थिए । रिपोर्टहरूका अनुसार यस्ता इमेलहरू क्याम्पस प्रदर्शनमामा संलग्न नभएका तर सामाजिक सञ्जालमा ‘इजरायल विरोधी’ पोस्टहरू साझा, लाइक वा टिप्पणी गरेका विद्यार्थीहरूलाई पनि पठाइएको छ ।
मेलमा विद्यार्थीहरूको एफ–१ भिसा रद्द गरिएको बताइएको छ । विद्यार्थीहरूलाई आफूलाई देश निकाला गर्न अर्थात् अमेरिका छोड्न भनिएको छ । यदि उनीहरूले त्यसो नगरेमा कानुनी कारबाही भोग्ने चेतावनी पनि दिइएको छ । अमेरिकी सरकारले ’क्याच एण्ड रिभोक’ एपको सहयोगमा त्यस्ता विद्यार्थीहरूको पहिचान गरिरहेको छ । विदेश सचिव मार्को रुबियोका अनुसार मार्च २६ सम्ममा ३०० भन्दा बढी ’हमास–समर्थक’ विद्यार्थीहरूको एफ–१ भिसा रद्द गरिएको थियो । यसमा धेरै भारतीय विद्यार्थीहरू पनि सामेल छन् ।
यो पनि पढ्नुहोस
प्यालेस्टाइन समर्थकलाई देश निकाला गर्दै जर्मनी, नेपाली सचेत हुन जरुरी
यो मेल धेरै विश्वविद्यालयका विद्यार्थीहरूलाई पठाइएको छ । यसमा हार्वर्ड विश्वविद्यालय, कोलम्बिया विश्वविद्यालय, येल विश्वविद्यालय, क्यालिफोर्निया विश्वविद्यालय, मिशिगन विश्वविद्यालय जस्ता प्रसिद्ध संस्थाहरू समावेश छन् । यद्यपि, कति विश्वविद्यालयका कति विद्यार्थीलाई यो मेल पठाइएको छ भन्नेबारे यकीन जानकारी अझै खुलाइएको छैन ।
इमेलमा विद्यार्थीहरूलाई अमेरिकी आप्रवासन तथा राष्ट्रियता ऐनको धारा २२१ (i) अन्तर्गत उनीहरूको एफ–१ भिसा रद्द गरिएको बताइएको थियो । अब यदि उनीहरू अमेरिकामै रहे भने उनीहरूलाई जरिवाना, हिरासत वा देश निकाला गर्न सकिने बताइएको थियो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com