नेपाल इजरायल डट कम । यही शुक्रबार १५ तारिख नेपाल तामाङ घेदुङ इजरायलको १४ औं वार्षिकोत्सव तथा १० औं अधिवेशन इजरायलको तेल अभिभमा सम्पन्न भएको छ। अधिवेशनले मदन तामाङ नेगीको अध्यक्षतामा ३० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
समितिको वरिष्ठ उपाध्यक्षमा कुमारी गल्देन तामाङ, उपाध्यक्षहरुमा सुनिल रुम्बा तामाङ, रीता तामाङ, अशोक कुमार थोकर, डोल्मा गोले तामाङ , सोनम लोप्चन तामाङ र महासचिवमा डिका माया तामाङ (रन्जना), उप–महासचिवमा सम्झना ब्लोन तामाङ , सचीवमा पारस घिसिङ तामाङ, कोषाध्यक्षमा सुरेन्द्र कुमार योन्जन तामाङ, सह–कोषाध्यक्षमा राजन घिसिङ तामाङ र सदस्यहरुमा दिवस घिसिङ तामाङ, लीलवाती वाईबा तामाङ, श्यामलाल जिम्बा तामाङ, अनमोल घिसिङ तामाङ, कल्पना मोक्तान तामाङ , प्रतिक्षा बोम्जन तामाङ, जित बहादुर तामाङ, कोपिला बोम्जन तामाङ (माया), मनोज गोले तामाङ, रेणु तितुङ तामाङ , पुष्प मोक्तान तामाङ, निमा ब्लोन तामाङ, गणेश तामाङ, शंङ्खर ब्लोन तामाङ, कुमार घिसिङ तामाङ, प्रकाश दोङ तामाङ, माया योन्जन तामाङ र रुबिना घिसिङ तामाङ रहेका छन् ।
यसै गरी सल्लाहकार समिति प्रमुखमा रोजी मोक्तान तामाङ र सल्लाहकारहरुमा सुमित्रा मोक्तान तामाङ, सुनिता मोक्तान तामाङ, एलिजा दोङ तामाङ, र सपना पाख्रीन तामाङ रहेका छन् ।
सर्वसम्मत रुपमा निर्वाचित अध्यक्ष मदन तामाङ नेगीले आफूलाइ अध्यक्षमा निर्वाचित गराएकोमा सबैलाई धन्यवाद दिँदै आफ्नो नेतृत्वको नयाँ टिमले आगामी दिनमा थप सक्रिय रुपमा काम गर्ने, सबै जातीय, सामाजिक, राजनैतिक संघ–संस्थाहरुसंग समन्वय गरि संस्थाको हितका लागि सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
“तामाङ भाषा, धर्म, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन” नारासहित सम्पन्न अधिवेशनमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष मनु श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो।
सन् २०१० मा स्थापना भएको यो संस्था तामाङ समुदायको भाषा, संस्कृति, र अधिकार संरक्षणका लागि सक्रिय रहँदै आएको छ। संस्थाका संस्थापक अध्यक्ष बिबी योञ्जन तामाङ हुनुहुन्छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com